Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खनाललाई नेम्वाङको जवाफ कसको मतपेटिका खाली हुन्छ चुनावमा थाहा हुन्छ


    आइतबार, चैत्र ६ २०७८
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • इलाम। नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले कसको मत पेटिका रित्तो हुन्छ स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनबाट थाहा हुने प्रतिक्रिया दिएका छन् । 

    पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने इलामको सूर्योदय आयोजित आमसभालाई सम्बोधन गर्दै नेम्वाङले यस्तो बताएका छन् । 

    नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनाले आउँदो चुनावमा एमाले र केपी ओलीको मतपेटिका शून्य पार्नुपर्ने बताएका थिए । 

    ‘इलामको चिया विकास निगम कहाँ पुग्यो ? यसको लागि को जिम्मेवार छन्’, उनले भने,‘जनतालाई हिसाब किताब राखेका छन् । पार्टी फुटाएर विपक्षीलाई सत्ता सुम्पनेको मत पेटिका रित्तो हुन्छ कि केपी ओलीको, एमालेको मत पेटिका रित्तो हुन्छ आउँदो चुनावमा थाहा हुन्छ ।’ न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार