काठमाडौं । फर्जी कागजातकाे आधारमा मृगाैला प्रत्यराेपण गर्ने चिकित्सकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । फर्जी कागजात बनाइ भान्जा नाता कायम गर्दै मृगाैला प्रत्यराेपण भएकाे सूचनाकाे आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे बताइएकाे छ ।
यसरी पक्राउ पर्नेमा चितवनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) का चार चिकित्सक छन् । यस्तै जिल्ला प्रशासन कार्यालय चितवनका एक अधिकारी र अधिवक्ता समेत पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेकाे हाे ।
प्रहरीकाे प्रारम्भिक अनुसन्धानमा यी ६ जनाले आर्थिक लेनदेन गरेर गैरकानुनी रुपमा मिर्गौला प्रत्यारोपण गरेको प्रहरीको दावी छ। नियन्त्रणमा लिइएकालाई प्रहरीले आइतबार सार्वजनिक गर्ने पनि जनाएको छ।