Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिप्लव नेकपाको केन्द्रीय कमिटी बैठक जारीः निर्वाचनमा भाग लिने निर्णय गरे पार्टी नै फुट्ने  !


    आइतबार, चैत्र ६ २०७८
    3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा चुनावमा भाग लिने पक्ष अल्पमतमा परेको छ । नेकपाको ५ सदस्यीय सचिवालय बैठकमा चुनावमा भाग लिने पक्षमा महासचिव विप्लव र खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’ देखिएका थिए भने हेमन्तप्रकाश ओली, धर्मेन्द्र बाँस्तोला र सन्तोष बुढामगर निर्वाचनमा भाग लिनै नहुने पक्षमा खुलेका थिए ।

    सचिवालयमा अल्पमतमा परेको नेकपाका महासचिव विप्लव पक्ष शिवगढीमा आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकबाट निर्वाचनमा भाग लिने निर्णय गराउने प्रयासमा छ । कपिलवस्तुको शिवगढीमा आज बसेको बैठकमा जबर्जस्ती निर्वाचनमा भाग लिने निर्णय गराउन खोजेमा नेकपा विभाजन हुने संभावना रहेको उक्त पार्टीकै एक नेताले बताए । ती नेताका अनुसार सचिवालयको बहुमत निर्वाचनको विपक्षमा भएपछि महासचिव विप्वल पार्टीको केन्द्रीय कमिटी बैठकबाट निर्णय गराउन खोजिरहेका छन् । यदि केन्द्रीय कमिटी बैठकबाट जबर्जस्ती निर्वाचनमा भाग लिने निर्णय गराएमा पार्टी विभाजनको दिशामा जान सक्छ ।

    यसअघि मोहन बैद्य किरण नेतृत्वको पार्टीले चुनाव बहिस्कार गर्ने निर्णय गरिसकेको छ । 

    नेकपाका महासचिव बिप्लव र सचिवालय सदस्य प्रकाण्ड दुवै बुर्जुवाहरुले गराएको चुनावमा भाग लिन लालायित छन् । सर्वहाराको मुक्तिका लागि हतियारसमेत उठाएका बिप्लव र प्रकाण्डले ७०  लाख मूल्यको गाडी चढेको र सरकारी पीएसओ लिएर हिंड्ने गरेको बिषय पार्टीभित्रै चर्चाको बिषय बनेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार