जुम्ला। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले देश र जनताको रक्षाका लागि माओवादी केन्द्रले जुम्लाका सबै स्थानीय तहमा निर्वाचन जित्नुपर्ने बताएका छन् । उनले शनिबार माओवादी केन्द्र जिल्ला समन्वय समिति जुम्लाले आयोजना गरेको राजनीतिक , वैचारिक, प्रशिक्षण तथा दुई महिने चुनावी अभियानको उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन् ।
मल्लले देश, जनता, संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरूले निर्वाचनमा विजयी हुनुपर्ने बताए । माओवादीले हारे नेपाली जनता, नेपाल राष्ट्र र माओवादी केन्द्रलाई हानी हुने भएकाले जनताको हक अधिकारको लागि जसरी पनि जित्नुपर्ने उनको तर्क छ ।
त्यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्व मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले माओवादी अझै खतरामा रहेको बताए । उनले भने, ‘तर हार्ने छैनौँ । सबै ठाउँमा जित्ने छौँ ।’
त्यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जनयुद्ध र जनआन्दोलनमा गाँस काटेर पाल्ने जनतामा जोड्ने गरी अबका अभियान थाल्न निर्देशन दिए । उनले भने, ‘साथीहरू यो निर्वाचनलाई सानो नठान्नुहोला, हामीले हार्यौँ भने संविधान र गणतन्त्र नै हार्नेछ । जनयुद्ध र शान्ति प्रक्रियाले नै हार्ने भएकाले यो निर्वाचन जसरी पनि हामीले जित्नैपर्छ ।’
प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले मुलुकमा गणतन्त्र विरोधीहरू अझै सक्रिय रहेको बताए ‘माओवादी सर्वहारा वर्गको पार्टी हो । त्यसैले माओवादी केन्द्रको नेतृत्व जनतामुखी हुनुपर्छ ।’
माओवादी केन्द्र जिल्ला समन्वय समिति जुम्लाका अध्यक्ष तथा प्रदेश सहसचिव वीरबहादुर कुँवर (सुरेश पहाडीले) सिंहदरबारलाई गाउँ–गाउँमा पुर्याउन माओवादी केन्द्रको उपलब्धि भएको बताए ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend