पोखरा- गण्डकी प्रदेशमा एकीकृत समाजवादीबाट एक जना पनि सांसद छैनन् । एमाले विभाजित हुँदा माधवकुमार नेपाल पक्षीय भनिएका ईन्द्रलाल सापकोटाले एमाले नै रोजेपछि यहाँ एकीकृत समाजवादीको उपस्थिति शून्य बराबर छ । सत्ता गठबन्धनमा रहेका सबै पार्टी सबै प्रदेश र संघ सरकारमा सहभागी हुने प्रस्तावस्वरुप सुदूरपश्चिम प्रदेशमा कांग्रेसले मन्त्री मागेको छ ।
उता कांग्रेसले भाग मागेपछि गण्डकीमा एकीकृत समाजवादीले पनि आफ्नो भाग खोजेको छ । यही कारण प्रदेश मन्त्रीपरिषद्मा समाजवादीले गैरसांसदलाई मन्त्री बनाएर पठाउने तयारी गरेको चर्चा छ ।सुदूरपश्चिम प्रदेसमा कांग्रेस छैन, त्यहाँ कांग्रेस जाने । यहाँ हामी छैनौं, हामी पनि जाने हुन सक्छ,’ एकीकृत समाजवादीका कास्की अध्यक्ष धनराज आचार्यले भने, ‘यो राम्रै कुरा हो । पार्टीभित्र छलफल भैसकेको छ ।’
केन्द्रीय नेतृत्वका बीचमा छलफल भएर सहमति समेत भैसकेको उनले सुनाए । व्यक्तिको बारेमा भने छलफल भएको छैन । तर, सरकारमा सहभागी हुने कुरा चाहीँ लगभग पक्का हो,’ उनले भने, ‘अब कसलाई पठाउने केन्द्रबाटै आउँछ होला ।’ स्रोतका अनुसार प्रतापलाल श्रेष्ठ र श्रीनाथ बरालमध्ये एक जनालाई मन्त्री बनाउने चर्चा छ । दुवैजना बलियो दावेदार हुनुहुन्छ । दुईमध्ये सम्भवतः एक जना मन्त्री बन्ने पक्का जस्तै हो,’ स्रोतले भन्यो ।
तर, मन्त्रीमण्डलमा कसरी सहभागी गराउने भन्ने टुंगो भने अझै लागेको छैन । संविधानतः गैरसांसद ६ महिनाका लागि मात्रै मन्त्री बन्न पाउँछ । संविधानअनुसार २० प्रतिशत सांसद मन्त्री बनिसकेका छन् । कोटा पूरा भएकोले अब भैरहेका मन्त्रीलाई फिर्ता बोलाएर समाजवादीलाई छिराउनुपर्छ ।
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भने यस विषयमा आफूलाई आधिकारिक जानकारी नआएको बताए ।
‘आधिकारिक रुपमा मैले थाहा पाएको छैन । मिडियाहरूमा आएको सुनेको छु,’ उनले भने, केन्द्रले टुंग्यायो भने छुट्टै कुरा नत्र अहिले नयाँ मन्त्री बनाउन सजिलो छैन ।’ १२ मन्त्रीमध्ये यहाँ कांग्रेसको मात्रै पाँच जना छन् । माओवादीबाट चार जना, जनता समाजवादीका एक जना र अर्का एक जना स्वतन्त्र सांसद छन् । अनौपचारिक रुपमा एकीकृत समाजवादीका नेताहरूले खबर गर्दा कोटा नभएको जवाफ मुख्यमन्त्रीले फर्काए । अरुले पनि गैरसांसदलाइ मन्त्री बनाउने कुरा शोभनीय नहुने सुझाव दिएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend