चितवन, नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकालले कांग्रेसले हेला गरेर एमालेमा आएर बिलौना गर्न प्रचण्डलाई ढोका खुला रहेको बताएका छन् ।
प्रेस चौतारी नेपाल चितवन शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ढकालले भने, ‘बिहे गरेर दिएको चेलीलाई अफ्ठयारो पर्दा तीजमा माइतमा बिलौना गाएको जस्तै उहाँलाई कांग्रेसले धेरै हेप्यो भने हाम्रै आन्दोलनमा आएर बिलौना गर्नुभयो भने पनि सहगोत्री नै हो ।’
परिस्थितिलाई आफ्नो अनुकूल बनाउन प्रचण्डले दलहरुसँग पालैपालो एकता र गठबन्धन गर्ने गरेको कुरा जगजाहेर रहेको भन्दै उनले समाजवादी अवैध पार्टी भएकाले सहकार्य नै नहुने बताए ।
गठबन्धनमा अफ्ठयारो पर्दा एमाले चाहिएको भए प्रचण्डलाई एमालेमा सँधैभरी ढोका खुला रहेको बताए । ‘हामी एक्लै जित्छौँ भन्नेमा दृढ छौँ ’, उनले भने ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) बैध पार्टी नै भएकाले स्थानीय चुनावमा एकताका लागि प्रचण्डलाई एमालेमा ढोका खुला रहेको उनले बताए । माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) भने अवैध पार्टी भएकाले ढोका बन्द रहेको उनले बताए ।
नेपालको दीर्घकालीन राजनीतिमा एमाले र कांग्रेसको दुई कित्ता मात्रै रहने उनले दाबी गरे । एकिकृत समाजवादीलाई एमालेले पार्टीको मान्यता नदिएको भन्दै उनले भने, ‘हामीहरु उहाँहरुको उमेदवार स्वीकार्दैनौँ र उहाँहरुसँग सहकार्य पनि हुँदैन ।’
फरक प्रसंगमा बोल्दै उनले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाएर स्थानीय निर्वाचन गराउनु विधिसंगत नरहेको बताए । निर्वाचन आयोग कुनै पार्टीको पक्षधरताबाट माथि उठ्न नसकेको भन्दै उनले जनप्रतिनिधिले राजिनामा दिएर मात्रै उमेदवारी दिन सक्ने व्यवस्थाको एमालेले विरोध गर्ने बताए ।
त्यस्तै, एमालेले आगामी संघ र प्रदेशको निर्वाचनको लागि स्थानीय तहको निर्वाचनलाई परीक्षणका रुपमा लिएको उनले बताए । ‘निर्वाचनको तयारीमा हामी लागेका छौँ । पार्टीका आन्तरिक रुपमा चुनावी घोषणापत्र तयार गर्ने काम पनि भइरहेको छ’, उनले भने ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend