Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यकामा ट्राफिक चेकजाँच कडा, लापरवाही गरेर चलाएका ३४५ सवारी साधन ‘होल्ड’


    बिहिबार, चैत्र ३ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडाैंमा होली खेल्ने नाममा तिब्र गतिमा चलाएका, मापसे गरेर चलाएका र कागजात नभएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

    ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीव शर्माका अनुसार बिहीबार मध्यान्हसम्म ३४५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर ‘होल्ड’मा राखिएको छ । 

    होल्ड गरिएको सवारीमा सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर छन् । होल्डमा राखिएको सवारी साधनलाई साँझ ७ बजे मात्र सवारी धनीको जिम्मा लगाइने शर्माले जानकारी दिए ।

    ट्राफिक प्रहरीले उपत्यकामा बिहानैदेखि मापसे जाँच गरिरहेको छ । ६ जना चालकलाई मापसे गरेर सवारी चलाएको कसुरमा जरिवाना गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार