Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मिर्गाैला परीक्षणमा सिटीको प्याकेज


    शुक्रबार, फाल्गुन २७ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भैरहवा । विश्व मिर्गाैला दिवसको अवसरमा सिद्धार्थनगर सिटी अस्पतालले विशेष प्याकेज ल्याएको छ । समुदायमा लुकेर बसेको मिर्गाैलासम्बन्धी समस्या पत्ता लगाउन अस्पतालल एक महिने प्याकेज ल्याएको हो ।

    २०६८ सालदेखि सेवा दिँदै आएको अस्पतालले मिर्गौला दिवस १० मार्चदेखि एक महिना मिर्गाैला स्वास्थ्य प्याकेज न्यूनतम शुल्क एक हजार ७९९ मा ल्याएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए । 

    उच्च रक्तचाप भएका, मधुमेह भएका, धेरै औषधीहरुको सेवन गर्ने, धुम्रपान तथा मध्यपान गर्ने व्यक्ति, धेरै वजन भएका र परिवारमा सदस्यहरूमा किड्नी तथा पिसाबसम्बन्धी समस्या भएका व्यक्तिहरूलाई लक्षित गरि यो प्याकेज ल्याइएको उनले बताए ।

    यो प्याकेजको शुल्क चार हजार १५० रहे पनि मिर्गाैला दिवसकै अवसरमा विशेष छुटका साथ एक हजार ७९९ मा सेवा बिहीबार सुरु गरिएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार