Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गठबन्धनका साथीहरुको सहयोगले म प्रधानमन्त्री भएको हुँ उहाँहरूलाई बेवास्ता गर्न मिल्दैन: देउवा


    बिहिबार, फाल्गुन २६ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • वीरगञ्ज । नेपाली कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचनमा गठबन्धनलाई बेवास्ता गर्न नमिल्ने बताएका छन् ।  

    बिहीबार कांग्रेसको पर्सा जिल्ला समितिका नवनिर्वाचित कार्यसमिति सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रममा देउवाले केन्द्रदेखि स्थानीय तहसम्म मिलेर जानुपर्ने बताउँदै गठबन्धनलाई बेवास्ता गर्ने जानकारी दिए ।

    उनले भने, ‘गठबन्धनका साथीहरुको सहयोगले म प्रधानमन्त्री भएको हुँ । गठबन्धनका साथीहरुलाई बेवास्ता गर्न मिल्दैन ।’

    गठबन्धनमा आवद्ध दलहरुबीच स्थानीयदेखि माथिल्लो चुनावमा तालमेल गर्न छलफल हुने उनले बताए ।

    अहिलेको निर्वाचन प्रणालीमा कुनै पार्टीले एक्लै बहुमत ल्याउन नसक्ने भन्दै देउवाले गठबन्धन गर्नैपर्ने बाध्यता रहेको जिकिर गरे । ‘संविधान अनुसार कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन सक्दैन, कसै न कसैसँग मिल्नुपर्ने आवश्यकता छ,’ उनले भने, केही ठाउँमा समस्या होला, तर कुराकानी गरेर मिल्नुपर्छ ।’

    देउवाले अघि भने, ‘एक्लै लड्दा धेरै ठाउँमा हारेका थियौं । गठबन्धन गरेर स्थानीय तहदेखि प्रदेश र केन्द्रमा पनि भोलि सरकार बनाउने हिसाबले अघि बढ्न सक्छौं ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार