Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आगो ताप्ने क्रममा जलेर घाइते महिलाको उपचार क्रममा मृत्यु


    बिहिबार, फाल्गुन २६ २०७८
    605
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पाल्पा । घरमा आगो ताप्ने क्रममा जलेर घाइते महिलाको उपचार क्रममा मृत्यु भएको छ।

    पाल्पामा माथागढी गाउँपालिका-३ की ६२ वर्षीया सुमित्रा कुमालको मृत्यु भएको हो।

    लुगामा आगो सल्किन गई घुँडा भन्दामाथिको जलेको थियो।

    उपचारका क्रममा उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैँयाले बताए।

    प्रहरीका अनुसार कुमाल गत फागुन ८ गते घरमा जलेर घाइते भएकी थिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार