काठमाडौं । चुनाव चिह्नको रङ हरियो बनाउने निर्वाचन आयोगकाे निर्णयमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आलोचना गरपछि आयोगले स्पष्टीकरण दिएकाे छ ।
ओलीले सत्तारुढ नेपाली कांग्रेसलाई फाइदा हुने गरी आयोगले निर्णय गरेको आरोप लगाएपछि बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले चुनाव चिह्न र स्वस्तिक छापको रङ फरक पार्न चुनाव चिह्न र स्वस्तिक छापको रङ फरक पार्न खाेजिएकाे भन्दै स्पष्टीकरण दिएकाे हाे ।
निर्वाचन आयोगले मतगणना गर्दा समस्या नआओस् भन्ने उद्देश्यले मात्र मतपत्रमा चुनाव चिह्न हरियो रङको बनाउन खोजेको स्पष्टीकरण दिएको छ ।
नेपालमा निर्वाचनमा चुनाव चिह्नमा संकेत गर्न प्रयोग गरिने स्वस्तिक छाप नीलो रङको रहेको छ । २०७४ सालको निर्वाचनमा चुनाव चिह्न पनि नीलो रङको थियो । चुनाव चिह्न र स्वस्तिक छापको रङ एउटै हुँदा रातको समयमा मतगणना गर्न कठिन भएको पाइएपछि ३० वैशाखको स्थानीय निर्वाचनमा रङ भिन्नता गर्न खोजेको स्राेतले बताएकाे छ ।