Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ११२ जना कोरोना संक्रमित थपिंदा ४२९ जना संक्रमणमुक्त


    बिहिबार, फाल्गुन २६ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८०१ पीसीआर परीक्षणमा ७७ र दुई हजार ५२७ एन्टिजेन परीक्षणमा ३५ जना गरी ११२ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४२९ रहेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ३४० रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार