Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • अवैध रुपमा ढुंगा उत्खनन गर्ने एक्स्काभेटर र टिपरलाई स्थानीयले लिए नियन्त्रणमा


    बुधबार, फाल्गुन २५ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर । अवैध रूपमा सामुदायिक वन क्षेत्रमा ढुंगा उत्खनन गर्ने एक्स्काभेटर र टिपर स्थानीयवासीले नियन्त्रणमा लिएर सम्बन्धित निकायलाई कारबाहीका लागि बुझाएका छन् ।

    उदयपुरको बेलका नगरपालिका-४ शिखर सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा अवैध ढुंगा उत्खनन गर्ने एक वटा एक्स्काभेटर र पाँच वटा टिपर स्थानीयवासीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलालाई जिम्मा लगाएका हुन् । 

    बेलका नगरपालिका-४ शिखर सामुदायिक वन उपभोक्ता वन क्षेत्रबाट एक्स्काभेटर र टिपर नियन्त्रण लिएर कारबाहीका लागि बुझाएको स्थानीयवासी जितबहादुर राना मगरले बताए ।

    उनका अनुसार  ढुंगा लोडसहित भएकाे टिपर र एक्स्काभेटरलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलालाई जिम्मा लगाइएकाे हाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार