Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोटरसाइकलको ठक्करबाट सुरक्षा जाँचमा खटिएका प्रहरी हवल्दारको मृत्यु


    मंगलबार, फाल्गुन २४ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राझाँचोकमा सोमबार राति मोटरसाइकलको ठक्करबाट सुरक्षा जाँचमा खटीएका एक जना प्रहरीको मृत्यु भएको छ । 
    दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । 

    मृत्यु हुनेमा बर्दिया बाँसगढी नगरपालिका–६ घर भइ अस्थाई प्रहरी बिट राझाँ बाँकेमा कार्यरत प्रहरी हबल्दार ३६ वर्षीय भुपेन्द्र शाही रहेका छन् ।

    मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको हो । 

    घाइते भएका बर्दियाकै बारबर्दिया नगरपालिका–७ घर भइ अस्थाई प्रहरी बिट राझाँमै कार्यरत प्रहरी जवान ३५ वर्षीय नरेश चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । 

    गएराती ९ बजे ट्राफिक प्रहरी र उनीहरु सहितको टोलीले सवारी साधन चेकजाँच गर्दै गर्दा भे १० प ४७ ५७ नम्बरको मोटरसाइकलले उनीहरुलाई ठक्कर दिएको थियो । 

    मोटरसाइकल सहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार