Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • ट्रकले ठक्कर दिँदा विद्यालयबाट घर फर्कदै गरेकी किशोरीको मृत्यु


    सोमबार, फाल्गुन २३ २०७८
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । विद्यालयबाट घर फर्कदै गर्दा ट्रकको ठक्करबाट धनगढीमा एक किशोरीको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार अपरान्ह धनगढी–अत्तरिया ६ लेन सडकमा बा२ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा धनगढी–१३ की १६ बर्षिया किशोरी सरस्वती कुँवरको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीका अनुसार साइकलमा सवार ती किशोरीलाई विद्यालयबाट घर फर्कने क्रममा जेब्रा क्रसिङ प्वाइन्टमै ट्रकले ठक्कर दिएर गम्भिर घाइते बनाएको थियो ।

    गम्भिर घाइते किशोरीको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा को प्रबक्ता जोशीले बताए ।  घटनापछि टक र गोदावरी नगरपालिका–४ चालक गणेश लामालाई प्रहरीले नियन्त्रणमा लगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार