काठमाडाैं । परराष्ट्रमन्त्री नारायण खड्काले रुसले युक्रेनमा आक्रमण गरेपछि ५ सय ३३ जना नेपालीलाई युक्रेनबाट सुरक्षित रुपमा बाहिरिएको बताएका छन् ।
सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले भारतको उद्धार टोलीको सहयोगमा नेपालीको उद्धार गरेको बताएका हुन् ।
उद्धार गरिएकाहरु मध्ये पोल्याण्ड ४ सय २७ जना र बाँकी अन्य देशमा सुरक्षित रहेको बताए । भारत सरकारको उद्धार टोलीलाई नेपालीलाई उद्धार गर्न आग्रह गरेको र सो अनुसार सहयोग भएकोमा भारतलाई धन्यवाद समेत दिए ।