Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कम्युनिष्ट नेता कृष्णराज बर्माको निधन


    आइतबार, फाल्गुन २२ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका कम्युनिष्ट नेता कृष्णराज बर्माको निधन भएको छ ।

    आइतबार साँझ निमोनियाका कारण ९३ वर्षीय बर्माको ह्याम्स अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    बर्माको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको छ ।

    ००७ सालको राणा विरोधी आन्दोलनमा सहभागी जनाएका बर्मा पुराना कम्युनिष्ट नेता हुन् । पञ्चायत अन्त्य गर्ने २०४६ सालको जनआन्दोलनमा बर्मा नेतृत्वको नेकपा वाम मोर्चाका एक घटक दल सहभागी भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार