Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महिला हिंसालाई अन्त्य गर्न कानुन कार्यान्वयन आवश्यक: राज्यमन्त्री खापुङ


    आइतबार, फाल्गुन २२ २०७८
    505
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । स्वाथ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङले महिला हिंसालाई अन्त्य गर्ने विषयमा राज्य चिन्तित भएको बताएका छन् ।

    अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा महिला कानुन र विकास मञ्चले आइतबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा खापुङले हक अधिकारका लागि कानुन पर्याप्त भएको तर कार्यान्वयनको पाटो फितलो भएकोप्रति चिन्ता व्यक्त गर्दै कार्यान्वयनको पक्ष बलियो बनाउने प्रतिवद्धता व्यक्त गरे ।  

    महिलाको लागि कानुन पर्याप्त भएको, तर कानुनकाबारेमा चेतना फैलाउन नसकिएको उनको बुझाइ छ । निर्माण भएका कानुन दूरदराजका महिलाले पनि थाहा पाउने गरी सहज बनाउदै लैजानुपर्ने उनले बताए । 

    सुनिश्चित भएका हक अधिकार कानुन र कारबाहीबारे सक्दो प्रचार गर्न सकियो भने महिलाहिंसा कम हुँदै जाने उनले बताए । यसको लागि राज्यलाई सहयोग गर्न सबैलाई आग्रह गरे । 

    उनले भने, ‘नीति निमार्ण गर्ने तहमा महिला सहभागिता हुने अधिकार कानुन र संविधानमा छ । आज  राज्यका हरेक स्थानमा महिलाको सशक्त भूमिका देखिएको छ । निजामति, सुुरक्षा, राजनीति लगायत सबै स्थानमा महिलाको सहभागिता हुनु राम्रो छ । यसलाई अझै बढाउनु जरुरी छ ।’ 

    कानुन र अधिकार सुुनिश्चित गराउने हिसावले नेपाल विश्वमै राम्रो मुलुकमा पर्ने भए पनि कार्याव्यन  फितलो भएकोले कार्यान्वयनतर्फ सहयोग गर्न खापुङले सम्बद्ध सबैलाई आग्रह  गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार