Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हमाल मृत्यु प्रकरण: असई शेरसिंहविरुद्ध किटानी जाहेरी


    आइतबार, फाल्गुन २२ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुर्खेत । प्रहरीको कुटाईबाट मृत्यु भएको भनिएका कालीकोटका युवक कृष्ण हमाल ‘मिनी’का बाबु हिराचन्द्रले सुब्बाकुना प्रहरी पोस्टका इन्चार्ज असई शेरसिंह धामीविरुद्ध जाहेरी दिएका छन् ।

    कालीकोटको तिलागुफा नगरपालिका–३ का २५ वर्षीय हमालको प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै असई धामीविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी दिएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकाे छ ।

    शुक्रबार साँझ सामान्य विवादमा प्रहरीको कुटाइ खाएका हमालको शनिबार विहान मृत्यु भएको थियो । 

    रक्सी सेवन गरेको भन्दै प्रहरीले कुटपिट गरेको आफन्तले आरोप लगाएका छन् ।  सुर्खेत अस्पतालले विज्ञप्तिमार्फत अस्पताल ल्याउनु पूर्व नै उनको मृत्यु भएको जनाएको थियो।

    आइतबार दिउँसो सुर्खेत जिल्ला प्रशासन कार्यालयसँगको चार बुँदे सहमतिपछि मृतकका आफन्तले आन्दोलन स्थगित गरेका छन् ।

    शनिबार बनाइएको छानबिन समितिमा एक जना चिकित्सकलाई सदस्यका रूपमा थप गर्ने, समितिको प्रतिवेदन बुझाउने म्याद सात दिन बनाउने, पीडकलाई कानुबमोजिम कारबाहीको व्यवस्था गर्ने, मृतकका परिवारलाई उचित राहतको लागि पहल गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

    हमालको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार