Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृह मन्त्रालयको चेतावनी- सामाजिक सञ्जालमार्फत् अफवाह फैलाउनेलाई कारबाही गर्छाैं


    शुक्रबार, फाल्गुन २० २०७८
    670
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । गृह मन्त्रालयले सामाजिक सञ्जालको दुरूपयोग गरी अफवाह फैलाउने कार्यमा संलग्न व्यक्तिमाथि कारबाही गर्ने चेतावनी दिएको छ।

    मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै फेसबुक, युट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा भ्रामक एवं झूटा र अफवाह फैलाउने कार्यमा संलग्न भएकाे देखिएकाे हुँदा त्यस्ता क्रियाकलाप विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारबाही हुने गृहले चेतावनी दिएको हाे।

    जारी विज्ञप्तिमा भनिएको छ- विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको प्रयोग गरी फेसबुक, युट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा भ्रामक एवं झूटा क्याप्सन राखी भिडिओ तथा तस्वीरहरू अपलोड गरेको देखिएको हुँदा त्यस्ता क्रियाकलापमा संलग्न जोसुकैलाई कानुनबमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ।

    132211281274777954_1106157710181003_2650000671099964964_n.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार