Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • विद्यालय हिँडेका तीन बालिका मसाज सेन्टरमा भेटिएपछि…


    शुक्रबार, फाल्गुन २० २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको बुढानीलकण्ठबाट सम्पर्कविहीन भएका तीन बालिका मसाज सेन्टरमा भेटिएका छन्।

    यही १६ गत विद्यालय जाने भनी घरबाट निस्किएका उनीहरू काठमाडौंको बौद्धस्थित मसाज सेन्टरमा काम गर्दै गरेको अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
     
    बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलस्थित बसपार्कनजिकै डेरा गरी बस्ने उनीहरू स्थानीय विद्यालयमा कक्षा-७ मा अध्ययनरत छन्।

    फागुन १६ गते बिहान ९ बजे विद्यालय जाने भनी कोठाबाट निस्किएका बालिका घर नफर्किएपछि आफन्तले खोजीका लागि प्रहरीमा जाहेरी दिएका थिए।

    उक्त जाहेरीका आधारमा प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले बौद्धस्थित ग्रीन साइन मोर्गन मसाज सेन्टरमा काम गरिरहेको अवस्थामा फेला पारी आफन्तको जिम्मा लगाएको परिसरले आज एक सूचना जारी गरी जनाएको छ।

    उक्त घटनाको सम्बन्धमा प्रभागबाट थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार