Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आयल निगमले फेरि बढायो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १५० रुपैयाँ पुग्यो


    बिहिबार, फाल्गुन १९ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बृद्धि गरेकोछ । निगमले आज (बिहीबार) राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो  । 
     आज (बिहीबार) बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले  डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ ।
    मूल्य बढेपछि  पेट्रोलको प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजल र मटितेलको मूल्य १३३ रुपैयाँ  पुगेको छ ।
     निगमले खाना पकाउने ग्यासमा भने मूल्य बुद्धि गरेको छैन्। 

     निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर  बढेको भन्दै एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार