Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युक्रेनसँग दोस्रो चरणको शान्तिवार्ताका लागि रुस तयार


    बुधबार, फाल्गुन १८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  रुसले दोस्रो चरणको शान्तिवार्ताका लागि तयार रहेको जनाएको छ । 

    युक्रेनमाथि आक्रमण गरिरहेको रुसले युक्रेनी प्रतिनिधिहरूसँग दोस्रो चरणको शान्तिवार्ता गर्न आफू तयार रहेको जनाएको हो । 

    यसअघि बेलारुसमा पहिलो चरणको वार्ता भएको थियो तर उक्त वार्ता सफल हुन सकेको थिएन । 

    क्रेम्लीनका प्रवक्ता डिमित्री पेस्कोभले रुसी प्रतिनिधि उपलब्ध रहेको बताएका हुन् ।

    राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेदिन्स्की फेरि पनि रुसका तर्फबाट प्रमुख वार्ताकार हुने विवरणहरूमा जनाइएको छ ।

    युक्रेनी राष्ट्रपतिका सल्लाहकारले भने कुनै प्रगति हुनेबारे निराशा व्यक्त गरेका छन् ।

    उनले युक्रेन आफ्नो अडानमा कायमै रहेको बताए । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार