काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट प्रधाानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन दबाब बढिरहेकै अवस्थामा निर्वाचन आयोगमा असार १२ मा एमाले नामक पार्टी दर्ताका लागि निवेदन परेपछि यसले राजनीतिमा तरंग पैदा गरेको छ ।
नेकपाको मंगलबारको बैठकमा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीले नै एमाले पार्टी दर्ता गर्न लगाएको प्रमाण आफूसँग भएको बताएका थिए । निर्वाचन आयोगमा एमाले पार्टी दर्ता भएपछि नेकपाभित्र पार्टी फुटाउन प्रधानमन्त्री ओली नै लागेको आशंका नेकपाका शीर्षनेताले गरेका छन् । एमाले दर्ताको अगुवाई गर्ने अध्यक्ष सन्ध्या तिवारीसहितका ब्यक्तिहरु नेकपाको कुनै कमिटीमा आवद्ध भएका परिचित अनुहार भने छैनन् ।
कतिपयले नेकपा फुट्ने हल्लासँगै लहडका भरमा दर्ता गरेको आशंका पनि गरिएको छ ।एमाले दल दर्ताका लागि महासचिव मनिषकुमार उपाध्यायले आयोगमा निवेदन दिएका छन् । दल दर्ताका लागि दिएको निवेदनमा एमालेले छापमा डाँडामा उदाउँदो सूर्य राखेको छ । नेकपाको चुनाव चिह्न सूर्य हो ।
दल दर्ताका लागि दिएको निवेदनमा उपाध्यक्ष भगवती खड्काको नाम छ । त्यस्तै सचिवहरुमा अस्मिता सुनुवार, दावा लामा, जयराम राउत, खगेन्द्र भूसाल, राधा पुरी, हिराबहादुर बोहरा, तारादेवी शाही छन् ।
त्यसैगरी केन्द्रीय सदस्यहरुमा पवन बिष्ट, निलम पोखरेल, किरण लामिछाने, उमेश महतो, उषाकुमारी झा, प्रदीपराज गिरी, पुर्णिमा तामाङ, निश्चल बस्नेत, सन्जीव बिष्ट, विनिता कार्की, बिमला बिष्ट रोक्का छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend