Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • निर्वाचन आयोगमा एमाले दर्तापछि नेकपामा खैलाबैला


    मंगलबार, असार १६ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको पार्टी दर्ताका लागि निवेदन परेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैठकमा यसबारे छलफल सुरु भएको छ ।

    नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार भापाकी सन्ध्या तिवारी भन्ने व्यक्तिले नेकपा एमाले नामको पार्टी दर्ताका लागि निवेदन दिएकी हुन् ।नेकपाको स्थायी कमिटि बैठकको शुरूमै अध्यक्ष पुष्पकमल दाहालले एमाले दर्ताको विषयमा प्रश्न उठाएका थिए ।तत्कालीन माओवादी केन्द्र र नेकपा एमाले मिलेर २०७५ साल जेठ ३ गते नेकपा बनेको थियो ।

    नेकपाको स्थायी समिति बैठक चलिरहेको बेला निर्वाचन आयोगमा एमाले नामको पार्टी दर्ताको लागि निवेदन परेकोछ । यसले नेकपा फुट्ने दिशातिर गएको अनुमान पनि राजनितिक वृतमा चर्चा हुन थालेकोछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार