Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • दुई महिनामा ३६ जनामा डेंगी संक्रमण


    आइतबार, चैत्र २ २०७६
    645
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौ ।  गत दुई महिनामा देशभर ३६ जनामा डेंगी देखिएको छ।इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मुलुकभरमा ३६ जनामा डेंगी देखा परेको हो ।

    प्रदेश नं. ५ मा हालसम्म सबैभन्दा बढी १४ जना डेंगी, बागमती प्रदेशमा ९ जना, प्रदेश नम्बर १ मा ६ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश र सुदुरपश्चिम प्रदेशमा २ जनामा डेंगी देखिएको छ।

    डेंगी संक्रमण बढेसँगै सबैले कोरोनासँगै डेंगीसँग पनि सर्तक रहनुपर्छ महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले आग्रह गरेका छन् ।

    उनले  पानी जमेको खाल्डाखुल्डी पुर्ने र झुलको प्रयोग गर्न तथा सरसफाई ध्यान दिन आग्रह गरेका छन्।

    टेकु सरुवा रोग अस्तपतालका चिकित्सक शेरबहादुर पुन डेंगी अरू भाइरसजस्तो खतरा नभएकोले यसबाट आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको बताउँछन्।

    डेंगीको लक्षण देखिनेवित्तिकै आत्तिनु नपरेतापनि शरीरको भित्री वा बाहिरी भाग कतैबाट पनि रक्तश्राप भयो भने तुरून्त चिकित्सककोमा जानुपर्ने उनले बताए। 

    आर्थिक वर्ष २०७५र०७६ मा तीन हजार चार सय जनामा डेंगी संक्रमण देखिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार