काठमाडौँ । नेपालको कोरोना संक्रमितमध्ये ६ प्रतिशत मात्रै समुदायस्तरको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन् । उनले देशभर कोरोना संक्रमितको संख्या १३ हजार नाघेपनि संक्रमण देखिएकामध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्ति रहेको दावी गरेका छन्।
मंगलबार नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले सहयोग गरेको स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले कोरोना संक्रमण नियन्त्रयणकै स्थितिमा रहेको दाबी गरे। उनले दैनिक १० हजार जनाको पिसिआर विधिबाट परीक्षण गर्ने तयारी रहेको समेत बताए।
उनले असार १५ गतेबाटै १० हजार जनाको पिसिआर परीक्षण गर्ने प्रतिवद्धता गरेका थिए। उनले देशभर ३३ वटा प्रयोगशाला पुर्याएर दैनिक १० हजार जनाको परीक्षण गरिने जनाए।
परीक्षण क्षमता बढाउन सरकारले निजी प्रयोगशालाहरूसँग सहकार्य गर्ने जनाए पनि अहिलेसम्म निजी प्रयोगशालाहरूले परीक्षण सुचारू गरेको छैन।
निजी प्रयोगशालाहरूलाई परीक्षण गर्न दिन मापदण्ड जारी गरिए पनि प्रयोगशालाहरूको अनुमगन नहुँदा परीक्षण सुरु भएको छैन। मन्त्रालयले निजी प्रयोगशालाहरूबाट दैनिक १५ सय देखि २ हजार जनाको परीक्षण गर्ने लक्ष्य लिएको छ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend