काठमाडौँ । चीन सरकारले नेपाललाई कोरोनाा महामारीबिरुद्ध लड्नका लागि सहयोग गर्दैआएको छ । यसैक्रममा चीनबाट आजमात्रै आइपुगेको २० लाख सुई (सिरिन्ज) नेपाललाई हस्तान्तरण गरेको छ । शनिबार चिनियाँ दूताबासका प्रतिनिधिले नेपाली प्रतिनिधिलाई सुई हस्तान्तरण गरेका छन् । नेपालस्थित चिनियाँ दुतावासले सुई हस्तान्तरण गरेको जानकारी दिएको छ ।
दुतावासले कोरोना भाइसको महामारीविरुद्धको लडाईंमा नेपाललाई साथ दिन सधैं प्रतिबद्ध रहेको समेत बताएको छ ।
कोभिडविरुद्धको अभियानमा खोप सहित विभिन्न स्वास्थ्य सामग्री उपलव्ध गराएको चीनले पछिल्लो पटक सुई उपलव्ध गराएको हो । यो सुई ०.५ एमएलको नर्मल साइजको हो ।
कोभिडविरुद्धको खोप लगाउनका लागि यो सुई प्रयोग गरिने स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । चीनले नेपाललाई १८ लाख डोज कोरोनाबिरुद्धको भेरोसेल खोप अनुदानमा दिइसकेको छ ।