Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लोक सेवा आयोगका सबै परीक्षाहरू स्थगित


    बिहिबार, माघ ६ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । लोक सेवा आयोगले आगामी माघ ११ गतेदेखि माघ मसान्तसम्म हुने सबै पूर्व निर्धारित परीक्षाहरू स्थगित गरेको छ।

    आयोगको बिहिबार बसेको बैठकले कोरोना संक्रमण तिब्र रूपमा फैलिएको भन्दै लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको 

    ‘लोक सेवा आयोगमा कार्यरत कर्मचारीहरूमा कोभिड १९ को संक्रमण देखा परेको कारणले आगामी २०७८ माघ ११ गतेदेखि २०७८ माघ मसान्तसम्म आयोगबाट सञ्चालन हुने गरी पूर्वनिर्धारित सबै  लिखित परीक्षा कार्यक्रम हाललाई स्थगित गरिएको छ’, आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

    यस्तै फागुन १ गतेपछिको परीक्षाका लागि १ साताको समय दिएर पुनः प्रकाशन गर्ने भएको छ ।

    ‘माघ ११ गतेदेखि माघ मसान्त सम्म स्थगित गरिएका तथा फागुन १ गतेदेखि सञ्चालन हुने लिखित परीक्षा कार्यक्रमसमेत कम्तिमा ७ दिनको पूर्व सूचना दिई पुनः तालिकिकरण गरी यथाशिघ्र परीक्षा सञ्चालन गर्ने,’ विज्ञप्तिमा भनिएको छ।

    आयोगका अनुसार लिखित परीक्षाबाहेक आयोगका अन्य पूर्व निर्धारित कार्यहरू यथावत रूपमा सञ्चालन हुने छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार