Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • पानी र अत्यावश्यक सामाग्री बोकेको न्युजिल्यान्डको जहाज टोंगा अवतरण


    बिहिबार, माघ ६ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । ज्वालामुखीपछि ठूलो भौतिक क्षति सामना गरेको टोंगामा पानी र अत्यावश्यक सामाग्री बोकेको न्युजिल्यान्डको जहाज अवतरण गरेको छ ।

    ज्वालामुखीका कारण खरानीले ढाकेको विमानस्थलमा फोहर पन्छाएपछि न्युजिल्यान्डको सेनाको जहाज टोंगाको मुख्य विमानस्थलमा अवतरण गरेको हो । अत्यावश्यक सामाग्री बोकेर टोंगाका लागि उडेका न्युजिल्यान्ड र अस्ट्रेलियाका अन्य जहाज बाटोमै छन् । 

    शनिवार टापु राष्ट्र तोंगामा आएको ज्वालामुखी बिस्फोटमा ठूलो क्षति भएको थियो । खरानी र समुद्रको पानीले पानीको आपूर्तिमा असर गरेको छ । ज्वालामुखी बिस्फोटमा तीन जनाको मृत्यु भएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार