Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिवि परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन


    बिहिबार, माघ ६ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा भौतिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएका छन् । 

    प्रधानमन्त्री देउवाले बिहीबार त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन दिएका हुन् । 

    मुख्यसचिव शंकरदाश बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भए÷नभएको अनुगमन गर्न निर्देशन दिएका हुन् । 

    प्रधानमन्त्रीले परीक्षा हलमा सामाजिक दूरी कामय नगरेको र स्यानेटाइजर एथेष्टमात्रामा नभएको पाइएका केही हप्ता परीक्षा स्थगितसमेत गर्ने गरी प्रक्रिया अघि बढाउन पनि मुख्यसचिवलाई निर्देशन दिएका छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार