Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जैविक मल भन्दै बिषादी बिक्रीः पक्राउ परेका ४ जना चितवनका सीडीओको दबाबमा छुटे 


    बुधबार, माघ ५ २०७८
    520
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । भिटामिनयुक्त जैविक मल भनी बिषादी बिक्री गर्ने ४ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । विषादीयुक्त मल बोकेको गाडीसहित चितवन प्रहरीको टोलीले सोमबार भारतीय नागरिक रमाकान्त भारती, भरतपुरका एकबहादुर विक, सर्लाहीका सन्तोषकुमार साहसहित ४ जनालाई पक्राउ गरेको छ ।  

    बिषादीयुक्त मल बोकेको ना ३ ख १८९ नम्बरको गाडी जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ भने पक्राउ परेका ४ जनालाई सुटुक्क प्रमुख जिल्ला अधिकारी आसमान तामाङको आदेशमा अनुसन्धान नै नगरी मंगलबारै छाडिएको छ ।

     माछा ब्यापारीलाई बजारभाउभन्दा कम दरमा नदिएको भनी थुन्ने चितवनका प्रजिअ तामाङले जैविक मल भनेर बिषादीयुक्त मल ल्याउने अपराधीलाई भने रातारात छाडेका छन् ।

    किसानलाई भिटामिनयुक्त जैविक मल भनी धातृ ब्रान्डमा बर्षौदेखि भारतीय बिषादीयुक्त मल बिक्री गर्दैआएको खुलासा भएको छ । बाराको परवानीपुरमा गोदाम राखी नेपालमै उत्पादित भनी भारतीय बिषादीयुक्त मल बिक्री गर्दैआएको गिरोह चितवनमा पक्राउ भएसँगै गम्भीर रुपमा छानबिन नगरी छाडिएपछि यसमा ठूलै रकमको चलखेल भएको आशंका गरिएको छ ।

    परवानीपुरमा रहेको उक्त भारतीय बिषादीयुक्त मलको गोदाम सिल गरिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवलाले बताए । प्रमुख जिल्ला अधिकारी कटवालले भने–‘बिषादीयुक्त गुणस्तरहीन मल चितवनमा बरामद भएको सूचना पाइयो । मलको गोदाम रहेको परवानीपुरको गोदाम सिल गरिसकिएको छ । मल कसको हो, ती ब्यक्तिलाई बोलाएका छौं । छानबिन गरी दोषी देखिए कारबाही हुन्छ ।’ 

    नेपालका विभिन्न जिल्लाका किसानलाई जैविक मल भन्दै बर्षौदेखि बिषादी बिक्री गर्दैआएको भारतीय नागरिक भारतीसहितको यो गिरोहको पर्दाफास हुने भएपछि बाराको प्रहरी प्रशासनलाई समेत प्रभावित पारी गोदाममा लगाएको सिल खोल्ने चलखेल भइरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार