Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तालिवानलाई औपचारिक मान्यता दिन अफगानिस्तानका प्रधानमन्त्रीको आह्वान


    बुधबार, माघ ५ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । अफगानिस्तानका कार्यबहाक प्रधानमन्त्री मोहमद हसन अखुन्दले अफगानिस्तानलाई मान्यता दिन मुस्लिम देशहरुलाई आह्वान गरेका छन् । १५ अगस्टमा अफगानिस्तान कब्जा गरेको तालिावानलाई अहिलेसम्म कुनै पनि देशले मान्यता दिएको छैन् ।

    ‘तालिवान सरकारलाई औपचारिक मान्यता दिएर पहिलो राष्ट्र बन्द मुस्लिम देशहरुलाई आह्वान गर्छु । त्यसपछि हामीले चाँडै विकास गर्छौ भन्ने मैले आशा गरेको छ,’  राजधानी काबुलमा आयोजित सभालाई सम्बोधन गर्दै अखुन्दले भने । अधिकांश देशहरुले तालिवानलाई अझै पनि अतिवादी समूहका रुपमा हेरेका छन् ।

    सन् १९९६ देखि सन् २०११ मा पहिलो पटक सत्ता सम्हाल्दा तालिवानले मानवअधिकार उल्लंघनमा रेकर्ड नै तोडेको थियो । दोस्रो कार्यकालमा तालिवानले सत्ताको वागडोर कसरी हाँक्छ भनेर अन्तर्राष्ट्रिय समुदायले नजिकबाट निहाल्दै आएको छ । 

    विपक्षीप्रति नम्र र प्रजातान्त्रिक ढंगले शासन गर्ने प्रचार गरे पनि तालिवानले महिलामाथि चरम विभेद गरेको  छ । सरकारी सेवामा कार्यरत महिलालाई घरमै बस्न भनिएको छ भने माध्यामिक तहका छात्रालाई विद्यालय जानबाट रोक लगाइएको छ । 
    । 
    अफगानिस्तानमा आर्थिक र मानवीय संकट चुलिएको विभिन्न अध्ययन प्रतिवेदनहरुले दर्शाएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार