Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जाजरकाेटका शतप्रतिशत बालबालिकालाई मोडर्ना खोप


    बुधबार, माघ ५ २०७८
    580
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जाजरकोट। जाजरकाेटमा १२ देिख १७ वर्षका २३ हजार २० बालबालिकालाई कोभिड-१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ । 

    १२ पुसदेखि सञ्चालन भएकाे खोप अभियान जिल्लाका सात वटा स्थानीय तहका २ सय ५० विद्यालय तथा स्वास्थ्य संस्थामा सञ्चालन भएकाे स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर शान्तबहादुर बुढाले बताए ।

    उनका अनुसार १२ देखि १७ वर्ष उमेरका शतप्रतिशत बालबालिकालाई खोप लगाइएकाे हाे ।  बारेकोटमा २ हजार ६ सय ३१, कुशेमा २ हजार ९ सय १०, जुनीचाँदेमा ३ हजार १ सय ४३, छेडागाडमा ५ हजार ९९, शिवालयमा १ हजार ४ सय ५६, भेरीमा ४ हजार ३ सय ११ र नलगाडमा ३ हजार ६ सय ५१ लाई खोप लगाइएकाे हाे ।

    जाजरकोटमा बालबालिकासँगै अन्य उमेर समूहका लागि पनि खाेप अभियान सञ्चालनमा छ ।  हालसम्म  ८६ हजार २ सय ४४ जनालाई पहिलो र ६५ हजार ४ सय ७२ लाई दोस्रो मात्रा खोप लगाइको बुढाले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार