Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य यदुवंश झाले गरे एमाले प्रवेश, ओलीले गरे स्वागत


    सोमबार, पुष १९ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य यदुवंश झा नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

    एमाले विभाजन हुँदा समाजवादीतिर लागेका झालाई एमाले अध्यक्ष केपी ओलीले खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् । 

    प्रदेश २ मा प्रभावशाली नेताका रुपमा रहेका झालाई एमालेमा ल्याउन स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जिव कुमार झाले भूमिका खेलेका थिए ।

    झा तत्कालीन नेकपाका केन्द्रीय सदस्य थिए । 

    उनी २०७० मा माले समाजवादीका सहअध्यक्ष थिए । त्यतिखेर तत्कालीन एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले झालाई  पार्टी प्रवेश गराएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार