Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादीले छाड्यो प्रज्ञा भवन, पदाधिकारीको टुंगो पर्सिसम्म लाग्ने सम्भावना


    आइतबार, पुष १८ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक प्रभावित हुने देखिएको छ । जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार भोलिसम्म पदाधिकारीको टुंगो लाग्ने बताएका थिए । त्यसका लागि भोलि विहान केन्द्रीय समितिको बैठक बस्ने उनले बताएका थिए । तर सत्ता गठबन्धनबीच राष्ट्रिय सभाको उम्मेदवारबारे टुंगो लगाउनेबारे भोलि विहान छलफलको तयारी भएसँगै केन्द्रीय सदस्यको बैठक प्रभावित हुने देखिएको हो । 

    जारी महाधिवेशनमा प्रचण्डले २६५ जना केन्द्रीय सदस्यको घोषणा गरेसँगै माओवादी केन्द्रले प्रज्ञा प्रतिस्ठानसमेत छाडेको छ । अब भोलिदेखि माओवादीको बैठकहरु खुमलटार र पेरिसडाँडामा हुने जनाइएको छ । पदाधिकारी र बाँकी केन्द्रीय सदस्यको चयन पर्सीसम्म सकिने माओवादी केन्द्रको दाबी छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार