काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत सोमबार पेस गरेको राजनीतिक प्रतिवेदन पास भएको छ ।
महाधिवेशन उद्घाटनपछि अध्यक्ष प्रचण्डले बन्दसत्रमा ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।
महाधिवेशनलाई बहसमा केन्द्रीत गर्ने बताएको माओवादीमा प्रचण्डको प्रतिवेदनमा घनीभूत छलफल भयो । एक दिन दिनभर र अर्को दिन मध्याह्नसम्म १६३१ प्रतिनिधिले २५ समूहमा विभाजित भएर प्रचण्डको प्रतिवेदनमा छलफल गरे ।
प्रतिवेन वाचन भएर सञ्चारमाध्यमा ‘लिक’ भइसक्दा सम्म प्रतिनिधिलाई वितरण नगरिएको प्रतिवेदनमाथि छलफल गरेपछि टोली नेताले दुई दिन लगाएर प्रतिवेदनबारे आफ्नो समूहले दिएको सुझावलाई बन्दसत्रको हलमा राखेका थिए ।
त्यसक्रममा एक पुरक प्रस्ताव र दुई फरक मत पेस भए ।
समूहगत छलफलका क्रममा प्रतिनिधिहरुले नेताहरुको जीवनशैली, विलासी जीवन, सम्पत्ति छानबिन, प्रचण्डका घरबेटीको प्रसंग, एमसीस, पार्टी सरकारमा सहभागी भए पनि जनमुखी काम गर्न नसकेको लगायका विषयमा प्रचण्डमाथि प्रश्न गरेका थिए ।
धेरै समूहमा एमसीसीबारे प्रतिवेदनमा कम मात्र उल्लेख गरिएका थप स्पस्ट पार्न र एमसीसी खारेजीबारे प्रतिवेदनमा उल्लेख गर्नुपर्ने बलियो मत थियो ।
तर प्रचण्डले त्यसलाई अस्वीकार गरिदिए ।
कर्मकाण्डी छलफल !
वामपन्थी पार्टीमा विशेषगरि वैचारिक तथा राजनीतिक प्रस्ताव राख्ने र त्यसका शब्द शब्दमा मन्थन गर्ने पुरानो परिपाटी हो । विभिन्न राजनीतिक दलहरुमाथिको दृष्टिकोण, पार्टीको कार्यक्रम, कार्यदिशासहित आत्मालोचनाका विषय पनि समावेश हुने गरेका छन् । तर यस पटक प्रचण्डको राजनीतिक दस्तावेजमा अन्य राजनीतिक दलमाथिको दृष्टिकोण प्रस्तुत नभएको भन्दै आलोचना भएको थियो र समूहगत छलफलमा समेत त्यसबारे प्रश्न उठेको थियो । तर प्रचण्डले त्यसबारे स्पस्ट पार्नुपर्ने कुनै सान्दर्भिकता देखेनन् ।
समूहगत छलफलमा गम्भीर विषयबारे पार्टीको आधिकारिक लाइन यही हो भन्ने हुँदा किन छलफलको कर्मकाण्ड गर्नुपर्यो भन्ने आवाज महाधिवेशनमा आएका प्रतिनिधिले नउठाएका होइन् ।
महाधिवेशन प्रतिनिधिले एमसीसी खारेजीको विषयमा यसलाई थप स्पष्ट पार्न माग गरेको भए पनि प्रचण्डले आफूले प्रतिवेदनमा पेस गरेको कुरा नै सही र पार्टी लाइन भएको भन्दै झण्डै दुई दिन घनिभूत भएको छलफलमा कर्मकाण्ड बनाइदिए ।
त्यति मात्र होइन सम्पत्ति छानबिनका लागि माग भइरहँदा त्यबारे उनले ठोस जवाफ दिन सक्थे । उनले त्यसो गरेनन् र अमूर्त भाषण गरेर सबै विषयलाई समेटेर लैजाने भन्दै टारे । बरु उनलाई आफ्नो प्रतिवेदनको मूल स्पिरिट सही छ भन्ने पाएको भन्दै वचाउ गरे ।
उनले प्रतिवेदनमा आमूल परिवर्तनको आवश्यकता नदेखिएको बताए ।
उनले कार्यकर्ताको एमसीसीबारेको माग सम्बोधन गर्दा गठबन्धनमा धक्का पर्ने त होइन भन्ने सम्झिएर धेरै उत्तेजित नहुन बरु कार्यर्तालाई आग्रह गरे ।
बन्दसत्रमा उनले भने, ‘धेरै उत्तेजित हुनुभन्दा यसमा रणनीतिक रुपमा जानुपर्छ, यसले लोकतान्त्रिक गठबन्धन भत्किने हुन हुँदैन।’
नेता कार्यकर्ताको व्यवस्थापन देखि दुई पटक भन्दा बढी लाभको पदमा बस्न दिन नहुने बारे सुझाव आएको थियो तर त्यो कर्मकाण्डमा सीमित भयो ।
आखिर प्रचण्डले प्रतिवेदनमा जे लेखेका थिए सारमा त्यसलाई नै हलले पारित गर्यो । बन्दसत्रस्थलबाट बाहिरिँदै गर्दा एक जना प्रतिनिधि प्रश्न गर्दै थिए, ‘ हामीले भनेको केही नहुने र यसै गर्नका लागि जाडोमा दुई दिन किन बसाएको ?’ न्युज कारखाना
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend