Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • महामन्त्रीमा गगन थापाको फराकिलो अग्रता, विश्वप्रकाश र प्रदीप पौडेल पछिपछि


    बिहिबार, पुष १ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति निर्वाचनको सभापति, उपसभापतिको मतगणना सकिएको छ ।

    आज महामन्त्रीको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी छ । २ महामन्त्रीका लागि ६ प्रतिस्पर्धी छन् । मतगणनाका क्रममा महामन्त्रीका उम्मेदवार गगन थापाले फराकिलो अन्तरले अग्रता लिइरहेका छन् ।

     महामन्त्रीको हालसम्म गनिएको ९ सय मतमा थापाले ५५९ मत पाएका छन् । गगनलाई विश्वप्रकाश शर्माले पछ्याइरहेका छन् । शर्माले ३५७ मत पाएका छन् । प्रदीप पौडेलले ३०० मत पाएका छन् । डा. प्रकाशशरण महतले २९७ मत, डा.मीनेन्द्र रिजालले १५३ र राजाराम कार्कीलेल ३१ मत प्राप्त गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार