Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • प्रदेशको नामकरण र स्थायी राजधानी चाँडै टुंग्याउने मुख्यमन्त्री राउतकाे प्रतिबद्धता


    बुधबार, मंसिर २९ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम। प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नामकरण र स्थायी राजधानी चाँडै टुंगिने बताएका छन् ।

    बुधबारदेखि शुरु भएको प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यही अधिवेशनले प्रदेशको नामकरण र राजधानीको टुंगो लाग्ने विश्वास दिलाए ।

    प्रदेशको नामकरण नहुँदा आफूहरुलाई घोच्याउने गरेको बताउँदै विपक्षी दल र सरकारमा रहेका दलहरु घनीभूत बैठक गरेर टुंग्याउनुपर्ने बताए ।

    ‘पहिलो काम नै यो दुवै थियो । यो अधिवेशन पूर्व पनि विभिन्न कारणले ढिलासुस्ती या विभिन्न परिस्थितिका कारण हामीले बैठक बोलाएर पनि टुंग्याउन सकेनौं । हामीले चाहेर पनि गर्न सकेका छैनौं’ उनले भने, ‘हाउसमा प्रवेश पनि पाएको थियो तर निकास दिन सकेन। त्यस कारण पनि यो बैठकले पक्कै पनि नाम र राजधानीलाई टुंग्याउँछ ।’

    नामको टुंगो नलाग्दा प्रदेश २ या २ नम्बर प्रदेश भनिंदै आएको र यसले आफैंलाई नै घोच्ने र पीडा हुने देखिएको उनले बताए । उनले भने, ‘हाउसले निकास दिन नसके हाम्रै कमीकमजोरी ठहरिनेछ। त्यही भएर सबै मिली यसलाई निकास दिऔं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार