Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवाप्रति गगन थापाकाे विश्वास: पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुवात हुने छ


    बुधबार, मंसिर २९ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले आमकांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुवात गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

    १४औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएपछि नेता थापाले बधाई दिँदै पार्टी रूपान्तरणका मुद्दामा सहकार्य हुने प्रतिबद्धता पनि जनाएका छन् । उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत देउवालाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।

    ‘आदरणीय शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई । आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु। समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने नै छ,’ थापाले लेखेका छन् ।

    युवा नेता थापा कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार हुन् । उनी डा.शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार