Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस महाधिवेशन : पदाधिकारीकाे मतगणना आजबाट


    बुधबार, मंसिर २९ २०७८
    755
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेस १४औँ महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना आज बुधबारबाट सुरु हुने भएको छ ।

    कांग्रेस निर्वाचन समिति प्रमुख गोपालकृष्ण घिमिरेले आज साँझबाट मतगणना हुने जानकारी दिए । ‘छिटो एकदम छिटो अहोरात्र खटेर मतपरीणाम सार्वजनिक हुनेछ,’ उनले भने ।

    पदाधिकारीको मतपेटिका कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको छ। मतगणना पनि सानेपामै हुनेछ।   

    सभापतिसहित १३४ पदाधिकारीका लागि गत सोमबार निर्वाचन भएको थियो ।

    सभापतिमा शेरबहादुर देउवा पुनः विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी शेखर कोइरालालाई ९०७ मतले पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन् । पहिलो चरणको निर्वाचनमा पाँच जनामध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणको निर्वाचन भएको थियो ।
    सभापतिको मतपरिणाम सार्वजनिक भएसँगै निर्वाचन समितिलई अन्य पदाधिकारीको मतगणनाको बाटो खुलेको हो ।

    १४ पदाधिकारीमा सभापतिबाहेक २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र केन्द्रीय सदस्यका लागि चुनाव भएको थियाे । कांग्रेस महाधिवेशन गत शुक्रबारबाट सुरु भएकाे हाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार