Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा बिजयी, ८७८ मतान्तरले कोइराला पराजीत


    बुधबार, मंसिर २९ २०७८
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  
    काठमाडौं ।  नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मतगणना सकिएको छ । कुल खसेको चार हजार ६२३ मतमा सभापतिमा निर्वाचित शेरबहादुर देउवाले २७३३ मत प्राप्त गरेका छन् ।
     
    त्यसैगरी सभापतिमा पराजित डा. शेखर कोइरालाले १८५५ मत प्राप्त गरेका छन् । उनी ८७८ मत अन्तरले पराजित भएका हुन् । २५ मत बदर भएको मतदान अधिकृत सुनील पाण्डेले जानकारी दिए ।
     
    मतगणना सकिएलगत्तै गृहमन्त्री राष्ट्रिय सभागृह आइपुगेका छन् । उनले निर्वाचन मतपरिणामबारे जानकारी लिनुका साथै अबका गणना कसरी गर्ने भन्नेबारे निर्वाचन समितिसँग परामर्श गरिरहेका छन् ।    

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार