Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाँच मिनेटका लागि थपियो मतदानको समय


    मंगलबार, मंसिर २८ २०७८
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत भइरहेको दोस्रो चरणको मतदानको समय पाँच मिनेट थपिएको छ ।

    सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक मत ल्याउन नसकेपछि आज दिउँसो साढे तीनबजे बाट मतदान भइरहेको छ ।  ९ बजेसम्मका लागि तोकिएको मतदानको समयमा पाँच मिनेट थप गरिएको छ । 

    मतदान सुरु भएसँगै सभापतिका उम्मेदवार शेरबहादुर देउवा मतदान स्थलमा नै थिए । 

    मतदान सकिन केही मिनेट मात्र बाँकी रहँदा उनी बाहिरिएका हुन् । 

    दोस्रो चरणमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार