Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • कांग्रेस महाधिवेशनमा मतदान सुरु भएको ३ घन्टामा २५ सय मत खस्यो


    मंगलबार, मंसिर २८ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत भइरहेको सभापतिको दोस्रो चरणको मतदानमा २५ सय बढी मत खसेको छ । मतदान सुरु भएको तीन घण्टामा २५ सय बढी मत खसेको निर्वाचन समितिले जनाएको छ । 

    चार हजार ७४३ जना मतदाता रहेको महाधिवेशनमा पहिलो चरणमा भने चार हजार ६८१ जनाले मतदान गरेका थिए ।

    राष्ट्रिय सभागृहमा जारी मतदानका लागि ६ वटा बुथ राखिएको छ । सभापतिका लागि पहिलो चरणमा बढी मत पाएका शेरबहादुर देउवा र शेखर कोइराला मैदानमा छन् । 

    पहिलो चरणमा देउवा, कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा भएको भए पनि कुनै उम्मेदवारले ५० प्रतिशत भन्दा धेरै मत पाउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार