सुर्खेत। नेकपा माओवादी केन्द्रको चार दिनदेखि चलेको कर्णाली प्रदेशको प्रथम अधिवेशनमा २११ जनाको प्रदेश कमिटी घोषणा गरेको छ । नौ सदस्यीय पदाधिकारीमा धेरै आंकाक्षी रहेका कारणले पदाधिकारीविना प्रदेश कमिटी गठन गरेको हो ।
२११ जनाको बैठक बसेर नेतृत्व चयन गर्ने माओवादी केन्द्रका एक नेताले बताए । ‘यहाँ पनि सहमति हुन सकेन भने पार्टी अध्यक्षले नेतृत्व चयन गर्नुहुनेछ,’ उनले भने, ‘सकभर यहीँ सहमति खोज्ने प्रयास हुनेछ ।’
नेकपा माओवादी केन्द्रको प्रथम कर्णाली प्रदेश सम्मेलनबाट नेतृत्व चयन गर्न सकेको छैन । शनिबारबाट सुरू भएको सम्मेलनबाट नेतृत्वका लागि आंकाक्षी धेरै भएका कारणले सर्वसम्मत नेतृत्व चयन हुन नसकेको हो ।
माओवादी केन्द्रका एक नेताका अनुसार प्रदेश अध्यक्षका लागि पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वमन्त्री नरेश भण्डारी, टेकबहादुर बस्नेत, राजकुमार शर्मा र रामदीप आचार्यले दाबी गरिरहेका छन् ।
केन्द्रले वर्तमान अध्यक्ष राजकुमार शर्मालाई नै प्रदेश अध्यक्ष बनाउन दबाब दिएको छ भने अन्य नेताहरूले अध्यक्षमा आफ्नो दाबी छाडेका छैनन् । न्युज कारखाना
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend