Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवालाई ५१ प्रतिशत मत पुग्न ५४२ मत आवश्यक


    मंगलबार, मंसिर २८ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि सोमबार मतदान सम्पन्न भएर सभापतिको मतगणना राष्ट्रियसभागृहमा मंगलबार बिहानदेखि जारी छ । कांग्रेसको बिधान अनुसार सभापतिका उम्मेदवारले खसेको मतमा ५१ प्रतिशत मत ल्याउनुपर्नेछ । त्यही भएकाले सभापति पदमा पहिलो चरणमै ५० प्रतिशत नपुगेमा दोस्रो चरणमा पुनः निर्वाचन हुनेछ ।

    अहिलेसम्म सभापति पदको लागि खसेको ४ हजार ६७९ मत मध्ये ३ हजार ७ सय ३९ मतगणना भइसकेको छ । जसमा १७९८ मतका साथ शेरबहादुर देउवाले  अग्रता हासिल गरेका छन् । अब ९४० मत गन्न बाँकी छ । अब देउवालाई ५१ प्रतिशत अर्थात् २३४० मत प्राप्त गर्न ५४२ मत आवश्यक पर्नेछ  । देउवालाई निकटतम प्रतिस्पर्धी शेखर कोइरालाले १४१३ मतका साथ पछ्याइरहेका छन् ।

    प्रकाशमान सिंहले २८६ र विमलेन्द्र निधिले २०१ मत पाउँदा कल्याण गुरुङले १९ मत प्राप्त गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार