Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • कांग्रेसको १४ औं महाधिवेशनको मत परिणाम: सभापतिमा देउवाको अग्रता


    मंगलबार, मंसिर २८ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ। सभापतिका लागि भएको मतदानमा हालसम्म १९०६ मत गनिएको छ। शेरबहादुर देउवाले ९१२ मत पाएका छन्।

    कोइरालाले ५२० मत पाउँदा प्रकाशमान सिंहको १०७, विमलेन्द्र निधिको ७६ र कल्याण गुरुङले ५ मत छ। सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो। नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ।

    कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार