Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • राति १२ बजेदेखि सभापतिको मतगणना गरिंदै, ४ ठाउँमा गणना हुने, अरु मत पार्टी कार्यालय लगिने


    सोमबार, मंसिर २७ २०७८
    2.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि राति साढे १० बजेसम्म मतदान सकिने र लगत्तै १२ बजेबाट सभापतिको मतगणना गरिने भएको छ । निर्वाचन समितिका अनुसार मतदान सकिएको करिब साढे १ घण्टापछि मतगणना गरिने छ । मतदान सकिएको करिब साढे १ घण्टापछि मतगणना गर्नेगरी तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ ।

    मतदान सकिएपछि मतदान भएको ड्रमको व्यवस्थापन, मुचुल्का तयार गर्ने लगायतको प्राविधिक काम सकिएपछि मतदानको काम सुरु हुनेछ । यो सबै ब्यवस्थापन सक्दा अन्दाजी १२ बज्नेछ । सभापतिको मतगणना राष्ट्रियसभा गृहमा ४ ठाउँमा ड्रम खन्याएर गनिने निर्वाचन समितिका तेज रावलले जानकारी दिएका छन् ।

    सभापतिको मतगणना रातभरमा सकिसक्ने तयारी छ । सभापतिको मतगणनामा कुनै उम्मेदवारले ५१ प्रतिशत मत नल्याएमा पुनः मतदान हुनेछ । सभापतिको टुंगो लागेपछि अन्य पदको मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ । सभापतितर्फ १२ वटा ड्रममा मत खसालिएको छ भने ४ ठाउँमा मतगणना गर्दा करिब ६० जना जनशक्ति आवश्यक पर्ने रावलको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार