काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केही नेताले आफ्नो उम्मेदवारी महामन्त्री पदमा भन्दै महाधिवेशन उद्घाटन अघि देखि दाबी गर्दै आएका थिए । तर, अन्तिम समयमा भने उनीहरु महामन्त्रीबाट सहमहामन्त्रीमा होइन सिधै केन्द्रीय सदस्य पदमा झरे ।
खासगरी संस्थापन पक्षबाट महामन्त्रीमा धेरैको आकांक्षा थियो । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाका विश्वासपात्रसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले महामन्त्रीमा बलियो दाबेदारी प्रस्तुत गर्दै आएका थिए । त्यसैगरी अहिलेका सहमहामन्त्री प्रकाशशरण महतको पनि दाबी थियो । प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य एनपी साउद, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की पनि आकांक्षी थिए ।
सबै नेताले आफू महामन्त्रीको दाबेदार भन्दै प्रचार गरिरहेका थिए । प्रचार प्रसारमा एनपी साउद अग्रपंक्तिमा थिए । उनी सम्पर्क कार्यालय खोलेरै प्रचारमा लागेका थिए । तर, देउवा समूहबाट प्रकाशशरणले बाजी मारे । विश्वप्रकाशले देउवा प्यानलबाट ठाउँ नपाएपछि सभापतिमा उम्मेदवारी दिएका प्रकाशमान सिंह समूहबाट महामन्त्रीको उम्मेदवार बनेका छन्। अरु आकांक्षी भने असन्तुष्ट हुँदै केन्द्रीय सदस्यमा झरेर चित्त बुझाउन बाध्य भएका छन् ।
अर्कोतिर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट गगन थापा, डा. मिनेन्द्र रिजाल, धनराज गुरुङ, चन्द्र भण्डारी र दीपक गिरीले महामन्त्रीमा दाबी गरेका थिए । थापा र रिजालले सभापतिका उम्मेदवार शेखर कोइरालाको टिमबाट बाजी मारेका छन् । धनराज र चन्द्र उपसभापतिमा उक्लिएका छन् ।
कृष्ण सिटौला समूहबाट महामन्त्रीका दाबेदार प्रदीप पौडेल भने सबैलाई आश्चर्यमा पार्दै देउवा टिमको संयुक्त उम्मेदवार बनेका छन् । देउवा टिमका सिनियरलाई उछिन्दै प्रदीप संस्थापनको महामन्त्री बन्न सफल भएका हुन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend