काठमाडौं,।नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उम्मेदवारी मनोनयन जारी छ । अहिलेसम्म सभापतिमा कल्याणकुमार गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएका छन् । गुरुङ महोत्तरी र न्यौपाने गोरखाका हुन् ।अझै पनि सभापतिका चार आकांक्षी शेरबहादुर देउवा, प्रकाशमान सिंह, डा.शेखर कोइराला र विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराइसकेका छन् । चारै नेता प्यानलसहित निर्वाचनमा जाने तयारी गरेका छन् ।
तर, महाधिवेशनस्थल भृकुटीमण्डप परिसरमा भने महाधिवेशन प्रतिनिधिमा खासगरी तीन ‘ब’ को चासो धेरै देखिएको छ । ती हुन् विमलेन्द्र निधि, विश्वप्रकाश शर्मा र बालकृष्ण खाँण ।
पार्टी उपसभापति विमलेन्द्र निधिले कसलाई समर्थन गर्लान् वा आफैं सभापतिमा उम्मेदवारी दर्ता गर्लान् भन्ने चासो प्रतिनिधिमा देखियो । प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी घोषणा गर्दा निधि पनि त्यही कार्यक्रममा थिए । त्यसैले निधिले सिंहलाई समर्थन गर्ने हुन् कि भन्ने सबैमा चासो देखिएको हो ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा भने सबैभन्दा ठूलो समस्यामा परेका छन् । उनलाई अहिलेसम्म देउवा र शेखर कोइराला समूहले महामन्त्रीको सूचीमा राखेका छैनन् । जबकि शर्माले धेरै अघि महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका हुन् । त्यसैले अहिले उनी प्रकाशमान वा निधि प्यानलमध्ये एकमा अट्ने गरी महामन्त्रीका लागि संवादमा जुटेका छन् । शर्मा कांग्रेसमा निकै लोकप्रिय छन् । तर, आकांक्षी धेरै हुँदा शर्मा देउवा र शेखरको टिममा पर्न सकेनन् ।
उता, सबैभन्दा ठूलो सकसमा गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण परेका छन् । उनी पनि करिब करिब महामन्त्रीको दौडबाट बाहिरिसकेका छन् । संस्थापन पक्षले डा.प्रकाशशण महत र प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउने तयारी गरेपछि देउवा समूहमा विद्रोह हुने संकेत देखिएको छ ।
खाँणले शनिबार बिहान बालुवाटारमा आफू महामन्त्रीमा उठ्ने भन्दै नराखे राम्रो नहुने भन्दै आक्रोशित हुँदै बाहिरिएका थिए । खाँण, एनपी साउद र शंकर भण्डारी अहिले सभापति देउवासँग निकै असन्तुष्ट छन् । न्युज कारखाना
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend